अर्थतन्त्रमा खतराको घन्टी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं, २४ फागुन । देशमा ठूलो आर्थिक संकट आउने खतरा बढेको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको संचिती घट्दै गएको जनाइसकेको छ । उसले खतराको संकेतहरु गरिसकेको छ ।

निर्यातभन्दा आयात अत्याधिक बढी हुँदा मुलुक नै टाट पल्टने खतरा बढेको हो । रुसले युक्रेनमाथि हमला गरेपछि पेट्रोलियम पद्धार्थको मूल्य आकाशिन गई विदेशी मुद्रा अत्याधिक बाहिरिने क्रम बढेको छ ।

नेपाल आयल निगमले मासिक साँढे २६ लाख इन्डियन आयल कर्पोरेशनलाई बुझाउन थालेको जनाएको छ । पेट्रोलियम पद्धार्थको मूल्य १०० डलर नाघ्दा यो स्थिति आएको हो । युद्ध लम्बिदै गएमा झन् मूल्य वृद्धि हुने आँकलन गरिएको छ ।

अमेरिकाले रुसी तेलमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिका र यूरोपेली युनीयनले त्यस्तो निर्णय लिएमा विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ३०० डलर पुग्नेछ । यो अवस्थामा नेपालले अहिलेको भन्दा दोब्बर बढी रकम तेल र ग्याँस आयातमा खर्चनुपर्ने हुन्छ ।

मासिक ५० अर्ब तेल र ग्याँस आपूर्तिमा खर्चदा वार्षिक ६ खर्ब हुन आउँछ । यो अवस्था आएमा भयावह अवस्था आउँछ । देशमा कृषि उत्पादन घट्दा परनिर्भरता बढेको छ । खाने तेल, चामल, दाल जस्ता अत्यावश्यक सामाग्री अत्याधिक आयात हुन थालेका छन् । यसमा पनि मूल्य वृद्धि भइरहेको छ । यसले देशको पैसा अझ बढि बाहिरिने अवस्था बन्न सक्छ ।

सुनको मूल्य प्रति तोला एक लाख नाघिसकेको छ । सुन आयातको परिमाण घटाएर दैनिक १० केजी बनाइएको छ । सुन आयातमा पनि रकम बाहिरिने गर्छ । मूल्य बढ्दा विगतभन्दा बढी रकम बाहिरिनसक्छ ।

Facebook Comments Box