चितवन २ मा भारी मतका साथ रवि लामिछाने विजयी

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- प्रतिनिधिसभा उपचुनाव अन्तर्गत चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने भारी मतसहित विजयी भएका छन्। रविले ५४ हजार २७६ मत ल्याएका हुन्। लामिछानका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठसँग ४३ हजार २५ मतान्तर छ।

श्रेष्ठले ११ हजार १५१ र एमालेका रामप्रसाद न्यौपाले १० हजार ९ सय ३५ मत प्राप्त गरे। रविले मंसिर ४ को निर्वाचनमा भन्दा पनि धेरै मत पाएर चुनाव जितेका हुन्। मंसिर ४ मा रविले प्रतिस्पर्धी उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतले पराजित गरेका थिए।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे। २०७४ सालको निर्वाचनमा चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *