ओमकार बचतमा पुनः चापागाईको नेतृत्व

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै ओमकार बचत तथा ऋण सहकारी संस्था लि. ले पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वानेश्वर काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष गोविन्द चापागाईद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिबेदन, लेखा संयोजकद्वारा प्रस्तुत प्रतिबेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिबेदन ,आ.व. २०७८/०७९ को आय÷व्यय तथा आ.व. २०७९/०८० को अनुमानित बजेट सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, निर्वाचन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड ३२ लाख २५ हजार रुपैयाँ, जगेडा तथा अन्य कोषहरु ११ लाख ८ हजार ७ सय १ रुपैयाँ ८१ पैसा, बचत तथा निक्षेप २ करोड ६२ लाख ८३ हजार ८ सय ८२ रुपैयाँ ३० पैसा, बाह्रय ऋण तथा सापटी ४० लाख रुपैयाँ, चालु दायित्व तथा व्यवस्था ३२ लाख ४० हजार ४ सय १८ रुपैयाँ ५२ पैसा, कर दायित्व ५० हजार ४ सय ७२ रुपैयाँ १३ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार ४ करोड ५० लाख ५ हजार ९ सय ३४ रुपैयाँ ७६ पैसाको भएको छ । साथै साधारण सभाले संचालक समितिको अध्यक्षमा आगामी कार्यकालको लागि पुनः गोविन्द चापागाईलाई निर्वाचित गरेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *