बागमती प्रदेशको मुख्यमन्त्री जमकट्टेल हुने

प्रदेश ३ समाचार
खवर पाटी (खोज खबरको अभियान)

मकवानपुर- बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका नेता  शालिकाराम जमकट्टेल बन्ने भएका छन् । उनी यसअघि पनि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् र हाल प्रदेशको आर्थिक मन्त्री पनि ।

सत्ता साझेदार दलको भागबण्डा अनुसार आलोपालो हुने बागमती प्रदेशमा माओवादी केन्द्रले नेतृत्व लिने भएसंगै अबको मुख्यमन्त्री जमकट्टेल हुने लगभग पक्का भएको हो ।

 

 माओवादीका नेता तथा धादिङबाट प्रदेश सभामा निर्वाचित भएका जम्कट्टेलले सोमबार एमाले र राप्रपाको सहयोगमा मुख्यमन्त्रीको दाबी पेश गर्ने भएका छन् ।

सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए । गठबन्धनमा भएको सहमतिअनुसार बागमतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएको छ । बागमतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री थिए ।

१ सय १० सिट रहेको बागमती प्रदेशमा एमालेका २७, माओवादी केन्द्रको २१ तथा राप्रपाको १३ सिट रहेको छ भने बागमतीमा सरकार बनाउन ५६ सिट आवश्यक रहन्छ । तीन दल मिल्दा यहाँ ६१ सिट पुग्दछ ।

माओवादी केन्द्रबाट संसदीय दलको नेता रहेका उनले आफ्नो नेतृत्वमा प्रदेश सरकारले हालसम्म कै उत्कृष्ट काम गरेर देखाउने दाबी गर्दै आएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *