संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं – नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।बिहीबारकाे लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरूलाई म्यासेज पठाएको हो ।

१ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव समेत पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दिएको थिएन । कांग्रेसको अवरोधका कारणले नीति तथा कार्यक्रम बाहेकका कार्यसूचीमा संसद बैठक प्रवेश गर्न पाएको छैन । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएपनि अझै सुरु हुन सकेको छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *