यू-१६ क्रिकेटः नेपालले दियो मलेसियालाई १८४ रनको लक्ष्य

खेलकुद मुख्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई १८४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३ ओभर ४ बलमा सबै विकेट गुमाएर १८३ रन बनायो । नेपालका लागि अशोक धामीले ३६ बलमा ५२ रनको योगदान गरे । अशोक धामीले २५ औँ ओभरमा हडिफ इरफानलाई लगातार ३ छक्का हिर्काएका थिए । नरेनले २९ रन बनाए । सुर्यान्सु कोइराला २९ रनमा आउट भए । क्रितिक कामतले १६ रन र दिपु कुमारले १५ रन बनाए ।

मलेसियाका लागि मुहम्मद अकरम, मुहम्मद मुक्री, हजिक हैकल र अरियन अकिलले २-२ विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २२५ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । तीन टिम समावेश यस समूहमा मलेसिया पनि अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *