१९ घण्टादेखि मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा अवरुद्ध भएको छ । बिहीबार दिउँसो १ बजेदेखि पहिरो खस्ने क्रम अझै पनि नरोकिए पछि सो सडक खण्ड आज बिहानसम्म पहिरोको चपेटामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार निरन्तर पहिरो गएका कारण पहिरो पन्छाउने कार्य सुचारु गर्न सकिएको छैन । उसका अनुसार मुग्लिनबाट करिब दुई किलोमिटर पश्चिम नारायणगढतर्फ तीन नम्बर पुल निर पहिरो खसिरहेका कारण हिजोदेखि यातायाता सुचारु गराउन नसकिएको हो ।

पहिरो झर्ने क्रम जारी रहेकाले जोखिमका कारण मेसिन चलाउन नसकिएको जनाउँदै जाममा परेका सवारी साधनको लामो लाइन लागेको र पहिरो रोकिने बितिक्कै मेशिन लगेर पहिरो पन्छाउने योजनामा प्रहरी रहेको जनाइएको छ ।

हाल काठमाडौंबाट भरतपुरतर्फ गएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *