सत्ता गठबन्धन: मुख्यमन्त्रीको भागबन्डा मिल्यो

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ( सत्तारूढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व भागबन्डा मिलाइएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको हो ।

सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादी केन्द्रले वाग्मती र कर्णाली प्रदेशको नेतृत्व पाउने छ । वाग्मती प्रदेश र कर्णालीमा एमाले र माओवादीले आधा(आधा कार्यकाल नेतृत्व गर्ने छ ।

सुदूरपश्चिममा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले पाउने छ । आइतबारै प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *