कांग्रेस इतर समूहको बैठक: प्रचण्डलाई विश्वासको मत दिएर गल्ती भएको निष्कर्ष

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरिएको निष्कर्ष निकालेको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको समूहको भेलाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरिएको निष्कर्ष निकालेको हो । समूहको बैठक जारी छ ।

बैठकमा नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका हुन्।  ‘विश्वासको मत दिएर गल्ती गरियो भन्ने कुरा कति साथीहरूले भन्नु भाछ।कतिपय साथीहरूले यत्रो गठबन्धन गरेर जाँदा माओवादीले स्वार्थका निम्ति गए पनि हामीले ढोका बन्द गर्न हुँदैन थियो। यस्तो द्वन्द्व हुँदैन थियो। प्रतिपक्षमा बस्नुपर्छ भन्ने तर्क पनि छ यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने छ,’ बैठकमा सहभागी सांसद चन्द्र भण्डारीले भने।

भण्डारीले नेपाली कांग्रेसभित्र स्पष्ट दृष्टिकोण नभएको बताउँदै पार्टी  प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु कि भनेर हिँड्ने प्रवृत्ति नरोकिएको बताए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *