प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधि जितेको छ। शनिबार इटहरीस्थित जनता पार्क क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिले पहिलो पटक उपाधि हात पारेको हो। च्याम्पियन सुदूरपश्चिमले ५ लाख हात पार्दा उपविजेता बनेको प्रदेश १ ले ३ लाख पुरस्कार प्राप्त गर्‍यो।

पहिले ब्याटिङ गरेको प्रदेश १ ले सुदूरपश्चिमलाई जितका लागि १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य सुदूरपश्चिमले एक बल बाँकी हुँदा चार विकेट गुमाएर पुरा गरेको थियो।

सुदूरपश्चिमको जितमा कविता जोशीले १९ रनको अविजित इनिङ खेल्दा सम्झना खड्का २७ रनमा अविजित रहिन्। यी दुईबाहेक डली भट्टले २२ रन बनाउँदा कविता कुँवरले १२ रनको स्कोर तयार गरेकी थिइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले भने निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो। प्रदेश १ को लागि ओपनर काजल श्रेष्ठले ४८ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १४ रन तथा अप्सरी बेगम १५ रनमा आउट भइन्। सुदूरको लागि मनिषा चौधरीले दुई विकेट लिएकी थिइन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *