तीज गीतहरुको भीडमा मौलिकता बोकेको गीत सन्जु न्यौपाने ‘आएन परदेशी’

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)
काठमाडौं । महिला दिदीबहिनीहरुको महान पर्व तीज नजिकिँदै गर्दा बजारमा तीज झल्काउने गीतहरु पनि एकपछि अर्को आउने क्रम चलिरहेको छ । सांस्कृतिक पर्व तिजको अवसर पारेर बजारमा तीजका कोसेली ल्याउने क्रममा गायिका सन्जु न्यौपानेले नयाँ तीज गीत ‘आएन परदेशी’ सार्वजनिक गरेकी छन् । गीतकार सुमन बैरागी पण्डितको शब्द तथा संगीतमा तयार भएको ‘आएन परदेशी’मा गायिका सन्जु न्यौपानेको स्वर रहेको छ । यस गीतको संगीत संयोजन डोलराज बाह्रघरेले गरेका छन् भने विपिन आचार्यको मिक्सिङ रहेको छ । गीतमा सहयोगी स्वरमा बेलीमाया पुलामीले आवाज दिएकी छन् ।  

यस गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छन् । दुर्गा पौडेलको छायाँकन एवं नविन घर्ती मगरको सम्पादन रहेको यस भिडियोमा सन्जु न्यौपाने, सजिना लामिछाने, सबिता पोखरेल, बेलीमाया पुलामी, मेनुका लामिछानेको अभिनय रहेको छ । ‘आएन परदेशी’ भिडियोलाई गायिका सन्जु न्यौपानेको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ भने शुभकामना मिडिया सोलुसनले अडियो भिडियोको निर्माण एवं व्यवस्थापन गरेको छ ।
गायिका सन्जु न्यौपानेको यसभन्दा अघि पनि धुरुधुरु, हे आमा, दर खान, टिकीया टलल, यसपाली तिजमा, लाहुरेले लगायतका तीज गीतहरु रहेका छन् भने लाहुर, चाँदी कहाँ होला, लामो कपाल, उमेर भाछैन, छोम्रोङ गाउँकी नानी लगायतका सयभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । त्यस्तै शीरैमा शीरबन्दी, माइतीघरको जस्ता मौलिक तिज गीतका सर्जक गीतकार सुमन बैरागीका पनि आधुनिक, लोक, पप, चलचित्र शैलीका सयभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । ‘आएन परदेशी’ गीत बजारमा आएपछि गायिका न्यौपानेले पछिल्लो समय मौलिकता हरायो, विकृति आयो भनिरहेका बेला आफू भने मौलिक सिर्जनातर्फ लागेको बताइन् ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *