तेश्रो नेशनल शिखर कृषि अवार्ड २०२२ को ब्राण्ड एम्वेसडरमा दिनेस के.सी र राधिका हमाल नियुक्त

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपालमा कृषि र कृषिजन्य वस्तुको उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कृषकहरुको आत्मबल, आत्मसम्मान र कृषि कर्मप्रतिको उत्साहलाई अझ वृध्दि गर्ने उदेश्यले नेपाल सरकार कृिष मन्त्रालको संयोजन र शिखर नेपालको आयोजनामा हुन गइरहेको तेश्रो नेशनल शिखर कृषि अवार्ड २०२२ को ब्राण्ड एम्वेसडरमा चलचित्रका नायक दिनेस के.सी र लोक दोहोरी गायिका राधिका हमाल नियुक्त भएका छन् ।

नेपालमा चलचित्र क्षेत्रमा एक आशा लाग्दो नायकको रुपमा २०६६ सालदेखि सक्रिय रुपमा लागिपरीरहेका नायक के।सी। ले खतरनाक, वादशाह, लाले, दानव जस्ता ठुलोेपर्दाका चलचित्रहरुमा आफ्नो अभिनय कौशलता प्रदर्शन गरेर दर्शकमाझ प्रस्तुत भइसकेका छन् । अभिनय, कला र संगीत मार्फत आफ्नो प्रतिभालाई दर्शक स्रोता सामक्ष उजागर गरिरहेका नायक के।सी संचार क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन । न्युज नेपाल नामक टेलिभिजन च्यानलमा करिब दुई बर्ष संयोजक पदमा रहि कार्य अनुभब संगालीसकेका के।सी। हालका दिनहरुमा नेपाल टेलिभिजनसंग पनि आबध्द रहेका छन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने भौतिक पुर्वाधार विकाससंग सम्बधित एकमात्र टेलिभिजन कार्यक्रम “विकास र वहस” को कार्यक्रम संयोजकको रुपमा समेत नायक के।सी। कार्यरत छन् ।

त्यस्तै विगत लामो समय देखि नेपाली लोक दोहोरी गायनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सफल लोक गायिका राधीका हमालले क्याम्पस पढ्न आउने जस्ता लोकप्रिय गितहरु गाएर दर्शक स्रोताहरुको मन मुटुमा बस्न सफल भइसकेकी छन् । नायक के।सी। र लोक गायिका हमाललाई कलाकार, चलचित्र निर्देशक, संचारकर्मी एवं तेश्रो नेशनल शिखर कृषि अवार्ड २०२२ का मुल समारोह समितीका अध्यक्ष शेखर खनालले प्रमाणपत्र र नगद सहित व्राण्ड एम्वेसेडरमा नियुक्त गर्नुभएको हो । यही आउँदो असार ३ गते राजधानी काठमाडौमा सम्पन्न हुने अवार्ड कार्यक्रमको लागि नायक के।सी। र लोक गायिका हमालले व्राण्ड एम्वेसडरको रुपमा काम गर्नुपर्ने अध्यक्ष खनालको भनाई छ । अध्यक्ष खनाल नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम “विकास र वहस” का निर्माता ÷निर्देशक तथा प्रस्तोता समेत हुन् ।

कृषि प्रधान मुलुक नेपालमा कृषिकर्मको आफ्नो छुट्टै विशिष्ट पहिचान छ । परम्पराकाल देखि चल्दै आएको कृषि पेशालाई समयानुकुल परिवर्तन गरि आधुनिक कृषि पद्वतीसंग जोड््न सकिएको खण्डमा यसको गरिमा र अस्तित्व अझ परिष्कृत भई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रसिद्वि पाउने कुरामा कसैको दुईमत छैन । तथापि नेपालमा कृषि पेशालाई तुच्छ मानेर यसको व्यावसाययिक महत्वलाई अझै पनि ओझेलमा पार्न खोजिँदै छ । कृषि क्षेत्रमा आफ्ना कर्मठ र पौरखी हातहरु चलाएर व्यावसायिक रुपमै कृषि कर्ममा लागेकाहरुको उचित मूल्यांंंकन हुनु आजको आवश्यकता पनि हो । कृषि अवार्ड कार्यक्रमको लागि ब्राण्ड एम्वेसेडरमा नियुतm भएपछि निकै खुशी देखिएका नायक के। सि। र लोक गायिका हमालले आफूले प्राप्त गरेको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *