जलविनायक बचतको तेइसौं साधारण सभा

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । जलविनायक बचत तथा ऋण सहकारी संस्था लि. ले हालै तेइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । डिल्लीबजार काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष नारायण काजी श्रेष्ठद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को वित्तिय विवरण सम्बन्ध, आ.व. २०७८/०७९ को लेखा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन, लाभांश वितरण सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड ५१ लाख ९० हजार रुपैयाँ, कोष हिसाब १ करोड ६५ लाख ४ हजार ९ सय १७ रुपैयाँ, बचत तथा निक्षेप १६ करोड ८० लाख २१ हजार २ सय ५७ रुपैयाँ, चालु दायित्व तथा व्यवस्था १ करोड ५८ लाख ८ सय १८ रुपैयाँ, कर दायित्व ७ लाख ९६ हजार २ सय ७० रुपैयाँ, दीर्घकालिन दायित्व १३ लाख ८८ हजार ४ सय १३ रुपैयाँको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा कारोबार २१ करोड १८ लाख ५१ हजार ६ सय ७५ रुपैयाँको भएको छ । साधारण सभामा श्री नेपाल स्नेही काख नामक संस्थालाई सम्मान तथा सहयोग रकम हस्तान्तरण समेत गरिएको थियो । संस्थाका अध्यक्ष नारायण काजी श्रेष्ठको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *