राष्ट्रिय वाणिज्य बचतको अध्यक्षमा खनाल निर्वाचित

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै एक कार्यक्रम विच राष्ट्रिय वाणिज्य बचत तथा ऋण सहकारी संस्था लि. ले बाइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कमलपोखरी काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका निवर्तमान अध्यक्ष भरत के.सी.द्वारा प्रस्तुत प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, आ.व. २०७८/०७९ को नाफा÷नोक्सान विवरण तथा नगद प्रवाह विवरण सम्बन्ध, लेखा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को प्रतिवेदन, आ.व. २०७९/०८० को वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन सम्बन्ध, आ.व. २०७९÷०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, संस्थामा रिक्त रहेको अध्यक्ष चयन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा पूँजी तथा दायित्व तर्फ शेयर पूँजी ३ करोड ८३ लाख ९ हजार रुपैयाँ, कोष हिसाब १ करोड ४७ लाख ६३ हजार ६ सय २९ रुपैयाँ ४२ पैसा, बचत तथा निक्षेप ३० करोड ५६ लाख ३३ हजार ६ सय २३ रुपैयाँ ७९ पैसा, चालु दायित्व तथा व्यवस्था ३ करोड २७ लाख ९६ हजार ९ सय ३४ रुपैयाँ २२ पैसा, कर दायित्व २४ लाख ४ हजार ५ सय १५ रुपैयाँ ११ पैसाको भएको छ भने सम्पत्ति तथा जायजेथा तर्फ नगद मौज्दात १६ लाख १७ हजार ३ सय ५२ रुपैयाँ ९१ पैसा, बैंक मौज्दात २ करोड १५ लाख ७५ हजार ६ सय ११ रुपैयाँ १२ पैसा, लगानी हिसाब ९ करोड १२ लाख ९० हजार ७ सय २० रुपैयाँ, कर्जा तथा सापटी २४ करोड १६ लाख १० हजार ४ सय ८४ रुपैयाँ, चालु सम्पत्ति ३ करोड ७४ लाख ७२ हजार ९ सय ६ रुपैयाँ ६९ पैसा, स्थिर सम्पत्ति ३ लाख ४० हजार ६ सय १७ रुपैयाँ ८२ पैसाको भएको छ । त्यसैगरि चालु आ.व. मा संस्थाको कूल कारोवार ३९ करोड ३९ लाख ७ हजार ७ सय २ रुपैयाँ ५४ पैसाको भएको छ । निवर्तमान अध्यक्ष भरत के.सी. को सभापतित्वमा सम्पन्न सो साधारण सभाले बाँकी अवधिका लागि संचालक समितिको अध्यक्षमा उद्घव खनाललाई चयन गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *