तेस्रो नगरपालिका स्तरीय साहसिक ह्विलचियर दौड सम्पन्न

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सहिद दिवसको अवसर पारेर शनिवार गोकर्णेश्वर नगरपालिकामा नगरपालिका स्तरीय तेस्रो साहसिक ह्विलचियर दौड प्रतियोगिता आयोजना गरिएको छ । मेरी दण्डीय पक्षघात समुहले आयोजना गरेको उक्त प्रतियोगितामा पुरुष तर्फ रमेश खत्री प्रथम, अर्जुन दोङ दोस्रो तथा पिताम्बर थापा तेस्रो भए भने महिला तर्फ ऐश्वरी कुमाल पहिलो, रजनी राई दोस्रो र पेमा छोक्या गुरुङले तेस्रो स्थान हासिल गर्न सफल भएको आयोजक संस्थाका अध्यक्ष ऋषिराम ढकालले जानकारी दिए । कुल ४७ जना पुरुष र १४ जना महिला प्रतिष्पर्धीहरु सहभागी रहेको उक्त प्रतियोगिताका उत्कृष्ठ प्रतियोगिहरुलाई किर्तिमानी धावक बैकुण्ठ मानन्धर, कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसालले पुरस्कार प्रदान गर्नुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *