१ सय ६८ जना नेपालीहरु यूएईबाट नेपाल आईपुगे

खवर पाटी (खोज खबरको अभियान)

संयुक्त अरब इमिरेट्स (यूएई) बाट १ सय ६८ जना नेपाली स्वदेश फर्केका छन्। शुक्रबार साँझ एयर अरेवियाको विमान १ सय ६८ नेपाली सहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। विमानमा प्रदेश नं १ का ४६ जना, प्रदेश २ का २३ जना, बागमती प्रदेशका ३७ जना, गण्डकी प्रदेशका २३ जना, प्रदेश नं ५ का २३ जना, कर्णाली प्रदेशका ४ र सुदुरपश्चिमका १२ जना रहेका छन्। जसमा १ सय ५५ जना पुरुष र १३ जना महिला रहेका छन्। विमानमा एक नेपाली शव पनि ल्याएको छ। उनीहरुलाई नेपाली सेनाले तोकिएको होल्डिङमा लैजाने छ।

दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली कामदारहरुलाई आज ल्याइएको हो। नेपाली दूतावाशले प्राथमिकताका आधारमा तय गरिएका यात्रुहरु विमानमा छैनन्।

Facebook Comments Box