एसीयाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने एथलेटिक्स खेलाडिलाई बैकुण्ठ मानन्धर खेलकुद नेपालले नगद पुरस्कार दिने

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । चिनको हानजाओमा हुने १९ औ एशियाली खेलकुद को एथलेटिक्स तर्फ सहभागी हने एथलेटिक्स खेलाडीहरु, प्रशिक्षक तथा टिम म्यानेजरहरुलाई आज एक कार्यक्रम बीच बैकुण्ठ मानन्धर खेलकुद नेपालले जितको लागि शुभकामना दिएको छ । एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष समेत रहेका किर्तिमानी धावक बैकुण्ठ मानन्धरले खेलाडिहरुलाई उच्च मनोबलकासाथ खेल्न हौसला दिनुभयो । उहाँले प्रतियोगितामा स्तरीय प्रदर्शन गर्दै रेकर्ड टोड्ने र साफ रेकर्ड टोड्न सफल हुने खेलाडीलाई नगद एकलाख देखि दश हजार सम्म नगद नगदसहित सम्मान गर्ने घोषणा समेत गनुभयो । एसियनगेम्समा नेपालको तर्फबाट खेलाडिहरु सन्तोषी श्रेष्ठ, पुस्पा भण्डारी, राजपुरा पछाई, फुलमती राना, गोपिचन्द पार्की, राजन रोकाया , दिपक अधिकारी
सोम बहादुर कुमाल, प्रशिक्षकमा चन्द बहादुर गुरुङ टिम म्यानेजर धनिराम चौधरी रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *