जसपाको काठमाडौं महानगर निर्वाचन सचिवालय गठन

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । स्थानीय निर्वाचनको तयारी स्वरुप जनता समाजवादी पार्टी काठमाडौंको महानगर परिचालन समिति गठन गरिएको छ । पार्टीका अनुप सिंह शिलवाल संयोजक रहनेगरी ५१ सदस्य रहेका सचिवालय गठन गरिएको बताइएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा जसपाका केन्द्रीय सदस्य पवित्र बज्राचार्य एवं नेपाल राष्ट्रिय समितिका अध्यक्ष मनराम शाक्य, जसपा काठमाडौं समितिका श्यामकृष्ण प्रजापति, समाजवादी खेलकुद महासंघका सचिव रमेश सुनार लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box