काठमाडौं । पुर्वशहरी विकाश मन्त्री माननीय रामकुमारी झाक्रीको प्रमुख आतिथ्यतामा धिताल फिल्मस् एण्ड म्युजिकप्रा.लि.को आयोजनामा ‘तीजम्युजिक अवार्ड – २०८०’ भब्य रुपले सम्पन्न भएको छ । कार्यक्रम धिताल फिल्मस् प्रालिका अध्यक्ष होम धितालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बरिष्ठ कलाकारहरु लक्ष्मी गिरि, बिमला गिरी, शर्मिला शर्मा, सरिता राजोपाध्याय, लोकप्रि यम्युजिक भिडियो निर्देशक तथा नेपाल म्युजिक भिडियो निर्देशक समाजकी कोषाध्यक्ष बबिता श्रेष्ठ, प्रोडकसन डिजाइनर तथा गीतकार राजेन्द्र पुरी र लोकप्रिय निर्देशक तथा सगीतकर्मी संघ काठमाडौं जिल्ला अध्यक्ष निरेन श्रेष्ठ बिशेष अतिथि रहेका थिए । तीजम्युजिक अवार्ड– २०८० को कार्यक्रम संयोजक अस्मिता धमला, सचिव रोशन धिताल, कोषाध्यक्ष भवानी मैया पन्त रहेका थिए । तीज म्युजिक अवार्ड २०८० मा पत्रकारिता सम्मान तर्फ बरिष्ठ कार्यक्रममा पत्रकारहरु बष्णु सुबेदी, कृष्ण भुसाल, प्रकाश बराईली ‘अभिव्यक्ति’, ऋषि थपलिया, बिरेन्द्र वली आदी सम्मानित भएका थिए भने सञ्चारकर्मी सम्मानतर्फ रेडियोकर्मी राजु बोहरा, शिवराम भण्डारी, राजकुमार रायमाझी सम्मानित भएका थिए । त्यस्तै कला सम्मानतर्फ बरिष्ठ कलाकारहरु रश्मी भट्ट, अञ्जु निरौला, शितल केसी, राजन चौलागाँई रहेका छन् ।
त्यस्तै गायक तथा सर्जक रेशम सापकोटा, छायाँकार दुर्गा पौडेल, गायक, संगीतकार माधव भण्डारी, निर्देशक तथा सम्पादक निशान घिमिरे, नायक तेज गिरी, मोडल अमन श्रेष्ठ, मोडल कुसुम दुलाल ‘सिम्रन’ साहित्यकार सिन्धु पौडेल,गायक, हेमन्त शिशिर, गायिका कल्पना श्रेष्ठ, गीतकार तथा संगीतकार मनोज सिग्देल, मोडल सपना भुजेल, मोडल अभि सुनार, गायक राजन पौडेल, मेकअप आर्टिष्ट एण्ड हेयर डिजाईनर सन्ध्या गौतम आदी सम्मानित भएका थिए ।
त्यसैगरी समाजसेवि सम्मानतर्फ दिपेश श्रेष्ठ, मेनुका थापा, निर्मला धिताल, कुलबहादुर कुमाल, बिजय नेपाल आदी सम्मानित भएका छन् । ‘तीजम्युजिक अवार्ड – २०८०’ मा गायिका तथा मोडल निशा रावल गायक तथा सगीतकार चिरञ्जिवी भण्डारी, भिडियो सम्पादक बिष्णु खड्का, नृत्य निर्देशक उमेश गुरुङ, भिडियो सम्पादक रोशन धिताल निर्णायक मण्डलरहेको थियो भने सर्वोत्कृष्ट अवार्ड पाउन सफल कलाकर्मी हरुमा आशिका पोख्रेल–तीजगीत नव गायिका,अर्जुन घिमिरे – तीजगीत नव गायक, अर्जुन कुमार – तीजगीत मोडल पुरुष, बेद बहादुर बुढाथोकी – तीजगीत नृत्य निर्देशक, बिरेन्द्र ढकाल – तीजगीत लय, दिनेश डांगी – तीजगीत मोडल पुरुष ‘पब्लिकच्वाईस’, दिपक निरौला – तीजगीत शब्द, डिल्लीराम रेग्मी – तीजगीत भिडियो निर्देशक, दुर्गा भट्ट – तीजगीत नव मोडल महिला, गणेश सेञ्चुरी – तीजगीत गायक, जेभिन श्रेष्ठ – तीजगीत बालकलाकार, कबिन्द्र खड्का – तीजगीत श्रृगार,कल्पेश बिश्वकर्मा – तीजगीत भिडियो सम्पादक,करिष्मा ढकाल – तीजगीत मोडल महिला, खुमन अधिकारी – बर्षकै सर्बोत्कृष्ट तीजगीत गायक, मिलनश्रेष्ठ – तीजगीत भिडियो निर्देशक ‘पपुलर’, नारायण दंगाल–तीजगीत म्युजिक एरेन्जर, पिताम्बर पोखे्रल – तीजगीत नवमोडल पुरुष, प्रदिपकुमार रसाईली – तीजगीत नृत्य निर्देशक ‘जुरी’, पुजन काफ्ले – तीजगीत गायिका ‘जुरी’,शिवम् पोखरेल – तीजगीत भिडियो निर्देशक ‘जुरी’,राजु खड्का –तीजगीत म्युजिक एरेन्जर ‘जुरी’, राजु सापकोटा – तीजगीत गायक‘जुरी’, सन्तोष सुबेदी – तीजगीत शब्द ‘डायस्पोरा’,शम्भु कुँवर – तीजगीत, शारदा रसाईली – तीजगीतगायिका ‘पपुलर’, शोभा त्रिपाठी – तीजगीत गायिका, सुनिल परियार – तीजगीत भिडियो छायाँकार रहेका थिए भने कार्यक्रमको सञ्चालन चर्चित गायिका जुनु रिजाल काफ्लेले गरेकी थिईन ।