जीवन्त म्युजिक एवार्डबाट २०२३ बाट किशोर थापा सम्मानित

मनोरञ्जन समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौमा सम्पन्न दोस्रो जीवन्त म्युजिक एवार्डबाट वरिष्ठ ध्वनि सम्पादक किशोर थापा सम्मानित भएका छन् । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा ध्वनि सम्पादकको रुपमा कार्यरत थापालाई जरुरी कुरा छ बोलको गीतबाट सर्वोकृष्ट ध्वनि सम्पादकको एवार्ड प्राप्त भएको हो । उक्त गीतमा अर्जुन पोखरेलको संगीत सुरेश वाग्लेको शब्द अन्जु पन्त सुरेश लामाको स्वर रहेको छ । तीन हजार भन्दा बढी गीतहरुमा ध्वनि सम्पादक गरिसकेका थापा नेपाली सांगीतिक क्षेत्रमा तीन दशकदेखि सकृय छन् । उनको ध्वनि सम्पादनमा सुप्रसिद्ध गायक गायिका प्रेमध्वज प्रधान उदित नारायण झा दिप श्रेष्ठदेखि अहिलेका अधिकांश गायक गायिकाको स्वर सुन्न सकिन्छ । नेपालकै एक विशिष्ठ वरिष्ठ ध्वनि सम्पादकको रुपमा प्रख्यात किशोर थापासंगै उक्त एवार्ड विभिन्न ४५ विधाका सर्जकहरुलाई प्रदान गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उडयान राज्यमन्त्री शुसिला सिर्पाली ठकुरीको प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् अग्रज संगीतकार शम्भुजीत बास्कोटा लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *