कोभिड-१९को कारण लकडाउन भएका छन्। लकडाउनको कारण स्कूल, कलेज र विश्वविद्यालयका पठनपाठनमा समेत अबरोध सिर्जना भएका छन्। संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले संसारका ९९प्रतिशत बालबालिका कोभिड १९महामारीका कारण आवातजावतमा कडाई गरिएको अवस्थामा बाचिरहेको र६०प्रतिशत बालबालिका पूर्ण वा आंशिक बन्दाबन्दी (लकडाउन) भएका देशमा रहेको उल्लेख छ। राष्ट्रिय स्तरमा विद्यालयहरु बन्द गरिनाले संसारका भएका १५ करोड ७० लाख अर्थात ९१ प्रतिशत विद्यार्थीहरुको पढाईमा अवरोध आएको छ। नेपालको सन्दर्भमा विद्यालय तहमा अध्ययनरत ७० लाख बालबालिकाका पठनपाठनमा अवरोध सिर्जना भएका छन्। यसरी लामो समयसम्म विद्यालय बन्द रहँदा विद्यार्थीहरुलाई पुनः विद्यालयमा फर्काउन शैक्षिक सरोकारवालाहरुलाई चुनौतीको सामना गर्नुपर्दछ। कोभिड-१९को कारण पठनपाठनमा सिर्जना भएका अवरोधलाई दृष्टिगत गरी विद्यार्थीको सिकाइ प्रक्रियालाई निरन्तरता दिने गरी भर्चुअल कक्षा सञ्चालन, अनलाईन शिक्षण तथा टेलिभिजन र रेडियो मार्फत नयाँ शैक्षिक बर्षको पठनपाठन अघि बढाइनेछ। अनलाईन शिक्षणको कुरा चलिरहदा यो पनि याद राख्नुपर्दछ कि उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन अनुसार १३ प्रतिशत सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच छ। देशभरका सामुदायिक विद्यालयमा कम्प्युटरको पहुँच १२ प्रतिशत, १०,००० सामुदायिक विद्यालयमा कम्प्युटरको व्यवस्था र ३५ प्रतिशत सामुदायिक विद्यालयमा बिजुलीको पहुँच रहेका छन्।
१) ६५ प्रतिशत सामुदायिक विद्यालयमा बिजुलीको पहुँच छैन।
२) १४४ औ इन्टरनेटको गतिमा नेपालको स्थान
३) रु २६० – एक जीबीको डाटाको लागि औसत खर्च
४) २३ प्रतिशत – गरिबिको रेखामुनी बाच्ने जनसंख्या
५) १६ प्रतिशत – न्यूनतम आहारभन्दा कम खान पाउने जनसंख्या
६) ८३ प्रतिशत -गाउमा बस्ने जनसंख्या
७) ६५ प्रतिशत-इन्टरनेट प्रयोग गर्ने जनसंख्या
८) १४० औ-आइसिटी इन्डेक्समा नेपाल को स्थान
९) दोस्रो-माल्दिभ पछि दक्षिण एसियामा मोबाइल डाटा महगो
सरकारले असार १ गतेदेखि अनलाईनबाट कक्षा सञ्चालन गर्ने फलस्वरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च स्तरीय समिति गठन गरेको शिक्षण विधि र वैकल्पिक व्यवस्था कार्य समिति गठन गर्यो । उक्त समितिको तथ्यांक अनुसार ८ प्रतिशत व्यक्तिको घरमा मात्रै व्यक्तिगत कम्प्यूटर र इन्टरनेट को सुविधा रहेको छ, ३० प्रतिशत घरमा रेडियो, ८० प्रतिशत घरमा मोबाइलको सुविधा भएको तर विद्यालय जाने विद्यार्थीको घरमध्ये ८८ प्रतिशत मोबाइल फोन भएको, करिब ५० प्रतिशत घरमा टेलिभिजन भएका र विद्यालय जाने केटाकेटी ३७ प्रतिशत घरमा टेलिभिजन रहेका छन्। शिक्षकहरुको ठूलो हिस्सामा कम्प्युटर को ज्ञानको अभाव छ। डिजिटल अध्ययन सामाग्री तयार पार्ने र यसको प्रयोग गर्न गराउन शिक्षकमा सीपको कमि हुन्छ साथै विद्यार्थीमा पना यो सीपको ज्ञान भएन वा व्यक्तिगत कम्प्यूटर उपलब्ध छैन भने कठिनाइ हुन्छ र सिकाइलाई निरन्तरता दिन सक्दैन । शहरकै समुदायिक विद्यालयमा पढ्ने विद्यार्थी को नेटको पहुँचमा छैन, ग्रामीण क्षेत्रमा झन न्यून संख्यामा मात्रै विद्यार्थीसँग इन्टरनेटको सुविधा छ । दुर्गम र विकट क्षेत्रका विद्यार्थीको घरमा कम्प्युटर, टेलिभिजन, ल्यापटप, स्मार्टफोन, रेडियो र नेटको समेत अभाव र असुविधा रहेका छन्। नेपालका शिक्षा क्षेत्रले अहिले नै शिक्षा को न्यून गुणस्तर, सामाजिक समावेशीकरण को अभावका कारणले पहुँचमा असमानता,अंपाग र भौगोलिक व्यवधान जस्ता थुप्रै चुनौतीहरुको सामना गरिरहेका छन्।कोभिड-१९ को कारणले विद्यालयहरु बन्द भएर कक्षाहरू इन्टरनेटमार्फत् अनलाईन सन्चालन भएको अवस्थामा गुणस्तरीय इन्टरनेटको सुविधा नभएका वा इन्टरनेटको पहुँच नै नभएका गरिब, दलित, मजदुर, वन्चितिकरणमा परेका ग्रामीण बालबालिकाका अत्यन्तै असुविधा हुन्छ र यस्तो अवस्थाले शिक्षामा पहुँच, असमावेशी, समानतामूलक र शिक्षामा सामाजिक न्याय स्थापित हुन सक्दैन।
- आशिक अल्ली, एम.एड. त्रिभुवन विश्वविद्यालय, महेन्द्ररत्न क्याम्पस तहाचल ,काठमाडौँ /