शिक्षा विधेयकको विरोधमा शिक्षकहरू माइतीघरमा आन्दोलित

Uncategorized समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं– विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरूले राजधानीमा प्रदर्शन गरेका छन् ।  काठमाडौं केन्द्रित आन्दोलन सुरू गर्दै देशभरबाट कक्षाकोठा छाडेर शिक्षकहरु माइतीघरमा आन्दोलित भएका हुन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका छन् । यसअघिको सहमतिअनुसार विधेयक नआएकाले आन्दोलित हुनुपरेको शिक्षकहरुके भनाइ छ ।

महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग राखेको छ । संसदमा दर्ता भएको विधेयक अनुसार शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग महासंघको रहेको छ ।
राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारीले विधेयकप्रति विभिन्न १८ बुँदे असहमति राखेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *