काठमाडौं उपत्यकामा द्रुत बस सेवा शुरु

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा शुरु गरेको छ । संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् । द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क चल्नेछ । द्रुत बस सेवा आज उद्घाटन भएपनि सर्वसाधारण यात्रुको लागि भने बिहीवारबाट मात्रै सञ्चालनमा आउनेछ । उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह लगायतले यात्रा गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *