इटहरीमा हिन्दुवादीहरूको बृहत् प्रदर्शन

प्रदेश १ समाचार
खवर पाटी (खोज खबरको अभियान)

सुनसरी ।  हिन्दुवादीहरूले सुनसरीको इटहरीमा पनि प्रदर्शन गरेका छन् । उनीहरुले धरानमा भएको गौहत्याको विरोधमा शनिवार प्रदर्शन गरेका हुन् । इटहरीमा पनि उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रदर्शनपछि इटहरीको उत्तर तरहरास्थित धरान जाने सडक अहिले सुनसान छ । तरहराबाट धरान प्रवेश मार्गमा प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

यता, स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा शुक्रवार नै राति देखिनै निषेधाज्ञा नै जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *