महाराजगञ्जमा खुल्यो जुम ब्युटीको नयाँ शाखा

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं। लामो समयदेखि ब्युटीसियन क्षेत्रमा सक्रिय संस्था जुम ब्यूटी एकेडेमीको नयाँ शाखा महाराजगञ्ज (चक्रपथ) मा सञ्चालनमा आएको छ । शनिबार एकेडेमीको शाखा विधिवत रुपमा सञ्चालनमा आएको हो । जुमकी ‘ब्रान्ड एम्बेस्टर समेत रहेकी लोकप्रिय अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा, गायिका अन्जु पन्त र नायक सलोन बस्नेतले संयुक्त रुपमा रिबन काटेर शाखाको भव्य उद्घाटन गरेका हुन् । कार्यक्रममा एकेडेमीका संस्थापकद्वय सौन्दर्यबिद् जुनु चक्रधर र कृषप तनावासुले अतिथि कलाकारहरुलाई स्वागत गरेका थिए ।

एकेडेमीकी संस्थापक जुनु चक्रधरले महिला सशक्तीकरणका लागि शाखाको ‘ग्राण्ड ओपनिङ’ गरिएको बताएकी छन् । “नेपालमा दिन प्रतिदिन बेरोजगारीको संख्या बढ्दो छ। अधिकांश महिलाहरू घर चलाउनका लागि विदेशिन बाध्य भएका छन्, सोही समस्यालाई मध्यनजर गर्दै जुमले महिला सशक्तिकरणका लागि विभिन्न कोर्शहरू भित्र्याएको छ”, चक्रधरले भनिन् ।

‘हामीले महिलाहरूकै लागि विभिन्न कोर्षहरू ल्याएका छौं। उहाँहरूलाई सक्षम बनाउनु नै हाम्रो उद्देश्य हो, त्यसैको लागि हामी जुमलाई स्थापना गरेका हौं’, शाखा उत्घाटनमा कुराकानी गर्दै चक्रधरले भनिन्, ‘नेपालको जटिल समस्या बेरोजगारीलाई हटाउने नै जुमको लक्ष्य हो।’

ललितपुरको कुपनडोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, स्वयम्भू, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरु सञ्चालित छन्। अब छिट्टै भक्त्तपुरको कौशलटारमा १२ औं शाखा सञ्चालनको तयारीमा छ ।

३० देखि ५० प्रतिशत छुट

यसैगरी जुमले महाराजगञ्ज शाखाको उद्घाटनका अवसरमा ३० देखि ५० प्रतिशतसम्मको छुट दिएको छ । शनिबार एकेडेमीमा भर्ना हुन आउने विद्यार्थीहरूका लागि २५ देखि ५० प्रतिशत र सेवा लिन आउने ग्राहकहरूले ३० प्रतिशतसम्मको छुट पाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *