संगीतकार संघ नेपालको केन्द्रिय सचिवमा संगीतकार थापा

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । चर्चित संगीतकार शंकर थापा ‘स्माइल’ संगीतकार संघ नेपालको केन्द्रिय सचिव पदमा मनोनित भएका छन् । राजधानीमा सम्पन्न संस्थाको १२ औं साधारण सभाबाट थापा सर्वसम्मत निर्णयबाट सचिवपदमा मनोनित भएका हुन् ।
सचिव पदमा मनोनित भएलगत्तै थापाले संगीतकार संघको कार्यालयमा पद तथा गोपनियताको सपथ लिनुका साथै कार्यभार ग्रहण गरेका छन् । उनलाई संघका अध्यक्ष चेतन सापकोटा, महासचिव बसन्त सापकोटा, कोषध्यक्ष राजेश थापा लगायतका पदाधीकारीहरुले स्वागत गरेका थिए ।

गतवर्ष सम्पन्न निर्वाचनमा थापा कार्यसमिति सदस्य पदमा निर्वाचित भएका थिए । सदस्य पदमा रहेर थापाले संसथाको बृहत्तर हितका लागि बिभिन्न कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण उनलाई सचिवपदमा सर्वसम्मतीले मनोनयन गरेको अध्यक्ष सापकोटाले जानकारी दिएका छन् । थापाले संस्थामा रहेर बिभिन्न संगीतकर्मीहरुको उपचारार्थ सहयोग जुटाउने, कल्याणकारी कोष बृद्धि भएका कार्यक्रममा सक्रिय सहभागिता जनाउने, संगीतकर्मीहरुको पेशागतहक, हित तथा बौद्धिक अधिकार संरक्षणका लागि बिभिन्न सचेतना तथा अन्र्तक्रिया कार्यक्रम गर्ने जस्ताकाम गरेका थिए ।

सचिवपदको पदभार ग्रहण गरेपछि संगीतकार थापाले सम्पूर्ण संगीतकर्मीहरुले आफुमाथी गरेको बिश्वासका प्रतिआभार ब्यक्त गरेका छन् । उनले सर्वसम्मतीले सचिव पदमा मनोनित हुन पाउनुले थपजिम्मेवारी बढेको बताएका छन् । उनले आगामी दिनका संगीतकारहरुको पक्षमा आफु थप शशक्त रुपमा प्रतिवद्ध भइ लाग्ने समेत प्रतिवद्धता जनाएका छन् । सोही सभाले संगीतकार योगेन्द्र उपाध्याय निरौलालाई सदस्य पदमा मनोनयन गरेको छ । संगीतकार उपाध्यायले पनि सोमबार नै पद तथा गोपनियताको सपथ लिनुका साथै पदभार ग्रहण गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *