बिस्व किर्तिमानि नायक श्रीदेव भट्टराई र मोडल गीता ढुंगानाको रोमान्स

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

प्राय कथावाला गीत खेलिरहेका नायक श्रीदेव केहि समय देखि रोमान्टिक गीत खेलिरहेका छन्। श्रीदेव कमेडी बेसको अन्जुरानी मंजुरानी , सिरियस पीडा , मायामा आधारित तिमि मेरो पूजा , डान्सिङ्ग बिटको सुगर फ्री लगायत गीतहरु लगातार देखिदै आएका छन्। नेपालका अनुशाशित अवार्ड पाउने एक मात्र कलाकार बन्न सफल नायक श्रीदेव चलचित्रमा भन्दानी म्युजिक भिडियोमा ब्यस्त देखिन थालेका छन्। उनका दुइ चलचित्र कुइनेटो र चिठी बजारमा आउन बाकि छ। हालै मायापिरती मा आधारित गीत बजारमा आएको छ। नायक श्रीदेव र ओए काजल , रुकुमकोट लगायत धेरै चर्चित गीतको मोडल गीता ढुंगाना अभिनित यो माया गीत युटूबमा आएको छ।

बिसेष गरेर प्रणय दिवसको अवसर पारेर यो माया नामक गीत बजारमा आएको हो। यसमा शब्द दिनेश शुबेदी को रहेको छ भने संगीत /एरेन्ज संयोजन राइ सन्तोषको रहेको छ। चर्चित गायक प्रताप दास र श्रद्धा दियाली को स्वर रहेको छ भने भिडीयो निर्देशन अहिलेका ब्यस्त भिडियो नेर्देशक केशब भट्ट ले गरेका छन्। यसमा सुर्य ओली को प्रडक्सन प्रिया कार्कीको श्रींगार र प्रकाश खड्काको छायाँग्कन रहेको छ। ओ एस आर डिजिटल बाट यसको प्रसारण गरिएको छ। मकवानपुरको रमणीय स्थल कुलेखानी , भेडीगोठ लगायतको मनोरम दृश्य रहेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *