गायक भीमलाई पहिलोपटक ‘पब्लिक च्वाइज अवार्ड’

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । दोस्रो ‘राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८१’मा गायक भीम लिम्बू सेनेहाङले ‘पब्लिक च्वाइज अवार्ड’ जितेका छन् । गायक लिम्बूले लिम्बू संस्कृतिमा आाधारित पालम ‘मिन्जिमा ए’बाट अवार्ड पाएका हुन् । क्वालिटी फिल्मस् प्रालिद्वारा आयोजित अवार्ड कार्यक्रममा संगीतका १४ र फिल्मका नौ गरी २३ विधामा अवार्ड प्रदान गरिएको थियो । पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायिका तथा अभिनेत्री कविता आले मगरलाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको थियो । आदिवासी जनजातिका चलचित्र एवं गीतसंगीतको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित अवार्ड कार्यक्रमको यस दोस्रो संस्करणमा तामाङ, गुरुङ, लिम्बू, राई लगायतका आदिवासी जनजातीका कला, संस्कृति र रहन–सहन आधारित गीतसंगीत र चलचित्रले सहभागी जनएका थिए ।

‘पब्लिक च्वाइज’ अवार्ड पाएको गायक भीम लिम्बूको ‘मिन्जिमा ए’ हालैमात्र रिलिज भएको हो । उक्त गीतमा लिम्बू समुदायको कला र मौलिक संस्कृतिलाई मुख्य विषयवस्तु बनाइएको छ । ‘मिन्जिमा ए’मा भीम लिम्बू र गायिका मनु नेम्बाङको स्वर छ । गायक भीम लिम्बूले पहिलोपटक अवार्ड पाएको बताए । अवार्ड हात पारेपछि उनले भने, ‘दशक बढीको मेरो सांगीतिक यात्रामा यो मेरो पहिलो अवार्ड हो, यसअघि २०७२ सालमा ‘ईमेज अवार्ड’मा नोमिनेशनमा परेपनि अवार्ड पाइनँ ।’ ५० भन्दा बढी गीत गाइसकेका भीमका करिब एक दर्जन गीत चर्चित छन् ।

अवार्ड र पुरस्कार कार्यक्रमहरु वेवास्ता गरेकै कारण आफूले अहिलेसम्म अवार्ड नपाएको उनको भनाइ छ । ‘अवार्ड कार्यक्रमको मलाई वास्तै हुँदैथ्यो । यो पटकमा साथीहरुले गर्दा कार्यक्रममा सहभागी भएको हुँ । संयोगले अवार्ड पनि पाएँ । अवार्ड पाएपछि हौसला बढ्दोरहेछ ।’ गायक भीमले आफ्ना तीनवटा गीत रिलिज हुनेक्रममा रहेका बताए । उनका अनुसार ‘सिलाम साक्मा’ र ‘हौ के भन्छ’ बोलका दुई गीत र एउटा पालम यही साउन महिनाभित्र रिलिज हुनेछ । जसमा भीमसँगै गायिका मेचु धिमालको स्वर रहने भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *