अस्कार अवार्ड विजेता लुइस फ्लेटचरकाे निधन

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

हलिउडकी अभिनेत्री लुइस फ्लेटचरकाे निधन भएकाे छ। शुक्रबार उनकाे ८८ वर्षकाे उमेरमा निधन भएकाे हाे। निधनकाे समय उनी फ्रान्सस्थित घरमै थिइन्।

‘वान फ्लु ओभर त कुक्कुज नेस्ट’ चलचित्रबाट लुइसले सहअभिनेत्रीका लागि अस्कार अवार्ड पाएकी थिइन्। केन केसीकाे उपन्यासमा आधारित भएर बनेकाे यस चलचित्रले पाँचवटा अस्कार जितेकाे थियाे।

टेलिभिजन सिरियल ‘लम्यानबाट’ लुइसले करिअरकाे सुरुवात गरेकी थिइन्। उनकाे निधनमा विभिन्न कलाकारहरूले शाेक व्यक्त गरेका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *