खपाङगीको नेतृत्वमा कराते टोली श्रीलंका प्रस्थान

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)
 मित्र राष्ट्र श्रीलंकामा यही मार्च ४ देखि शुरु हुन गईरहेको 10th I.S.K.D.J. CUP Championship मा सहभागी हुन नेपाली कराते टोली त्यस तर्फ बिहिवार प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव / प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी ‘ ईश्वर’ ले गर्नेछ । उक्त प्रतियोगितामा -६० किलोमा बुद्धीमान माझी, -६७ किलोमा ऐटन कुमार मल्ल , र -८४ किलोमा सोनम बलामी ले प्रतिस्पर्धा गर्नेछन । उक्त कराते टोलीलाई नेपाल कराते महासंघ का सह अध्यक्ष तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग,मुक्तीनाथ बिकाश बैकका पदाधिकारी एव शाखा डोजो नक्सालका पदाधिकारीहरुले एक बिशेष कार्यक्रम बिच बिदाई गर्नुभयो । कराते टोली सोमवार स्वदेश फर्कने छ ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *