प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – बुधबार दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो हुने तय भएको उक्त बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको हो।

संसद् सचिवालयले एक सूचना जारी गरी आज बस्ने भनिएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा मुलुकको नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुँदैछ। यसैगरी चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ।

राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा एमालेबाट पूर्वसभामुख सुवाचन्द्र नेमवाङ उम्मेदवार छन्।

यस्तो छ संसद् सचिवालयले जारी गरेको सूचना:

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *