रहरै रहरमा गायक बनेका रोजन

खवर पाटी (खोज खबरको अभियान)

रहरै रहरमा गायन क्षेत्रमा लागेका रोजन तामाङ नयाँ गितको तयारीमा लागेका छन् । यस अघि “तिमी वर्षा बनेर भेट्न आउ” भन्ने बोलको गित सङ्स नेपालबाट सार्वजनिक भइसकेको छ । कोरोना संक्रमण हटेपछि अर्काे गीत ल्याउने तयारीमा छन् तामाङ । उनी पहिलो गितको सफलताले अर्काे गित ल्याउने प्रेरणा मिलेको बताउँछन् ।

सिन्धुपालचोक गौरातीको स्थायी बासिन्दा रोजन तामाङ यो क्षेत्रमा लाग्दा गर्व महसुस भएको उल्लेख गर्छन् । तामाङ भन्छन् “एक पछि अर्काे गित स्रोता माझ ल्याउने मन त छ, तर आफ्नो आर्थिक अवस्था देशको कठिन अवस्थाले गर्दा यो क्षेत्रलाई निरन्तरता दिन सकिरहेको छैन ।” तर सुख दुःख गरेर भए पनि यो क्षेत्रलाई छाड्दिन । “मेरो गीतलाई मन पराइदिनुस तपाइहरुकै मायाले अर्काे गित ल्याउन सहयोग मिल्ने छ ।” रोजन थप्छन् । सानै देखिको रहर यति वेला पुरा भए जस्तो लागेको रोजन बताउँछन् ।

Facebook Comments Box