भिडियोमा ड्राइभर र मास्टर्नीको प्रेम

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । गायक देव आले मगर र गायिका मञ्जु थापाको रोमान्टिक गीत ‘मास्टर्नी’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोलाई फिल्मी शैलीमा तयार गरिएको छ । भिडियोमा गायक देव आले र रेनुका आले मगर फिचरिङ छन् ।
चित्र मस्की मगरको निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोमा मास्टर्नी र ड्राइभरको प्रेमकथा अर्थात रोमान्सलाई चित्रण गरिएको छ । गीतको भाव रोमान्टिक भएपनि सन्देशमूलक छ । युवा रोजगारीको सिलसिला माविदेश पलायन भइरहेको अवस्थामा गाउँमै बसेर शिक्षिका गर्ने र बस चलाउने ड्राइभरको प्रेमकथालाई निर्देशकले रोमान्टिक शैलीमा प्रस्तुत गरेका छन् ।

अभिनेता समेत रहेका गायक देव र रेनुकाको अनस्क्रिन जोडी सुहाएको छ । यस भिडियोलाई मकवानपुरको थाहा नगरपालिकाको पालुङमा छायाँकन गरिएको हो । गायक देव आलेको मात्र नभएर यो गीत गायिका मञ्जु थापाको पनि महत्वकांक्षी हो । जसका कारण भिडियो निर्माणमा निकै मिहिनेत र लागत खर्चिएको देखिन्छ । नेपाली सांगीतिक बजारमा डान्सिङ गीत चलिरहेका बेला देव र मञ्जुले ‘मास्टर्नी’ ल्याएका हुन् । भिडियो मेकिङ पनि राम्रो छ । त्यसैले यस भिडियोबाट निर्माणपक्ष आशावादी छन् । भिडियो सार्वजनिक गरेपछि गायक तथा नायक देवले भने, ‘भिडियो निर्माणमा मिहिनेत गरेका छौँ । दर्शक तथा स्रोताले पनि भिडियो तथा यस गीतलाई रुचाउने छन् भन्नेमा विश्वस्त छु ।’

भिडियोकी मोडल रेनुकाले पनि ‘मास्टर्नी’बाट आफू अपेक्षित रहेको बताइन् । ‘यस भिडियोका लागि सकेजति मिहिनेत गरेकी छु’ उनले भनिन्, ‘टिमले नै मिहिनेत गरेका छौँ, मिहिनेत गरे अनुसार फल पाउने छौँ भन्नेमा ढुक्क छु ।’ नवराज उप्रेतीले खिचेको यस भिडियोलाई मिलन विश्व कर्माले सम्पादन गरेका हुन् । यस भिडियोका लागि विमला तामाङले शृँगार पटार गरेकी छन् भने धुव्र थापाको प्रोडक्शन रहेको छ । गायक देव आलेकै शब्द तथा लय रहेको यस गीतको भिडियोलाई गायिका मञ्जु थापाको अफिसियल युट्युब च्यानल ‘मञ्जु थापा’मार्फत सार्वजनिक गरिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *