काठमाडौंको गोंगबुस्थित गणेशस्थान नजिक एक जनाको विभत्स शव भेटियो

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । काठमाडौंको गोंगबुस्थित गणेशस्थान नजिक एक जनाको विभत्स शव भेटिएको छ । सुटकेसभित्र टाउको मुनीको भाग र टाउको भने तीन सय मिटर टाढा भेटिएको हो ।

प्रहरीले शवको पहिचान गर्न अनुसन्धान गरिरहेको छ । घटनास्थलमा प्रहरीको विशेष तालिमप्राप्त कुकरसमेत परिचालन गरिएको छ ।

Facebook Comments Box