मंसिर २६ गते समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा हुने

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- निर्वाचन आयोगले मंसिर २६ गते (सोमबार)सम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ सिट संख्या प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरू पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ । आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसदहरू निर्वाचित भएको घोषणा भएको मितिले ७ दिन भित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन बुझाई सक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार काम गर्ने बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *