काठमडौं । स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले शनिवार १७२ औं पटक रक्तदान गरेका छन् । काठमाडौंको बागबजारमा आयोजित रक्तदान कार्यक्रममा उनले रक्तदान गरेका थिए । सतक रक्तदाता कर्माचार्यले निरन्तर रुपमा समाजमा विरामी र आपतकालिन अवस्थामा रगत संकलन गर्ने र उपलब्ध गराएर समेत सेवा गर्दै आएका छन् । यस पटकको रक्तदानको क्रममा उनी स्वयं निर्वाचनका उम्मेदवार पनि हुन् । कर्माचार्यले प्रतिनिधिसभा सदस्य काठमाडौं क्षेत्र नं ६ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएसँगै नयाँ र परिवर्तनका लागि आफ्नो पक्षमा मतदान गर्न मतदाता समक्ष अनुरोध गरिरहेका छन् । उनको चुनाव चिन्ह घण्टाघर रहेको छ ।
Facebook Comments Box