नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा दुई जना पक्राउ

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीको मानव बेचबिखन ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको जिरी घर भएर मित्र पार्कमा रेस्टुरेन्ट एन्ड बार सञ्चालन गर्ने २५ वर्षीय मञ्जु भन्ने सृजना खनाल घिसिङ र नुवाकोट घर भएकी २६ वर्षीय रमिला नेपाली उर्फ निशा छन् ।

सृजनाले सञ्चालन गरेको मित्रपार्क स्थित स्वागतम रेस्टुरेन्ट एन्ड बारबाट ३ जना नाबालिकाहरुको उद्धार गरिएको ब्युरोका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । जागिर दिने लोभमा नाबालिकहरुलाई ल्याएर उनीहरुले रेस्टुरेन्टमा  खाजा खान आउने ग्राहकसँग यौन सम्पर्क गर्न बाध्य बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

निशा रेस्टुरेन्टमा मेनेजरको भूमिकामा थिइन् । आरोपीहरुबिरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *