काठमाडौं । निवोधित सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले हालै तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्षेत्रपाटी काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष सर्जुमान लिगलद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, लेखा परिक्षकको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश वितरण सम्बन्ध, विभिन्न कोषमा रहेको रकम जगेडा कोषमा स्थान्तरण गर्ने सम्बन्ध, संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व.को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ७७ लाख ९४ हजार ८ सय रुपैयाँ, जगेडा कोष ४७ लाख २१ हजार २७ रुपैयाँ, वचत तथा निक्षेप ९ करोड ४२ लाख ७२ हजार ८ सय १८ रुपैयाँ, चालु दायित्व व्यवस्था ८ लाख ८५ हजार ७३ रुपैयाँ, कर्जा नोक्सानी व्यवस्था २३ लाख ९० हजार ५ सय १८ रुपैयाँ, आयकर दायित्व ३ लाख ६४ हजार १ सय ५३ रुपैयाँ, स्थगन कर १७ हजार १ सय ६६ रुपैयाँको भएको छ भने संस्थाको जम्मा करोवार ११ करोड ३७ लाख ८६ हजार ४ सय ८२ रुपैयाँको भएको छ ।