ख्यातिप्राप्त फोटोग्राफर राजीव श्रेष्ठलाई मातृ शोक

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

हाल काम विशेषले अमेरिका बस्दै आएका नेपालको ग्ल्यामर संसारका ख्यातिप्राप्त फोटोग्राफर एवम् सन्चारकर्मि राजिव श्रेष्ठकि ८९ वर्षीय ममतामयी अामा कमला श्रेष्ठको अमेरिकामा गत बुधबार विहान निधन भएको छ । स्वर्गिय कमला श्रेष्ठ का कान्छा छोरा राजेश श्रेष्ठले यो कुराको जानकारी आफ्नो फेसबुक मार्फत दिएका हुन् भने स्वर्गिय आमाको अन्तिम् संस्कार गरिने कुरा उनका माहिला पुत्र राजिव श्रेष्ठले बताएका छन् । लामो समयदेखि मुटुको रोगको उपचार गराउँदै आएकी कमला श्रेष्ठको मुटुमा पन्ध्र वर्ष अगाडि नै भल्भ फेरेको कुरा राजीव श्रेष्ठले बताए । केही अगाडि मात्र तेस्रो पटकको जंको महारथारोहण सम्पन्न भएको थियो । अमेरिकाको जर्मन टावनमा परिवार संग बस्दै अाएकी कमला श्रेष्ठ अचानक अस्वस्थ भएपछि उनलाई त्यहीं अस्पतालमा उपचारार्थ लागिएको थियो भने त्यहीं उनको अाकस्मिक निधन भएको थियो । स्वर्गिय श्रेष्ठको माहिला छोरा राजिव श्रेष्ठ लगायत तीन छोरा र एक छोरी छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *