शंखादेवीमास्थित बाल संरक्षण बाटिका स्कूलमा ‘विज्ञान प्रदर्शनी’ सम्पन्न

प्रदेश ३ समाचार
खवर पाटी (खोज खबरको अभियान)

२८ फाल्गुन २०८०, सोमबार ०४:५९ कामदार दैनिकLeave a Comment on शंखादेवीमास्थित बाल संरक्षण बाटिका स्कूलमा ‘विज्ञान प्रदर्शनी’ सम्पन्न

ललितपुर।महालक्ष्मी नगरपालिकाको लुभू शंखादेवीमास्थित बाल संरक्षण बाटिका स्कूलमा ‘विज्ञान प्रदर्शन-२०८०’
सम्पन्न भएको छ।

बाल संरक्षण बाटिका प्राथमिक विद्यालय र नवकुंज माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सम्पन्न सो प्रदर्शनीमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीले विभिन्न प्रदर्शनी गरेका थिए।

प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित स्मार्ट सिटी , इलेट्रिक ढिकी , हाइड्रो इलेक्ट्रीसिटी , टेलिस्कोप, भेजिटेबल कटर, केबुलकार , भोल्कानो लगायतका सामाग्री प्रदर्शन गरिएको थियो।

उक्त प्रदर्शनीमा किर्तीपुर राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिकले कक्षा ६ देखि १० सम्मका विज्ञान विषयका पाठअन्तर्गतको उपकरणहरु प्रस्तुत गरिएको बताइएको छ।प्रदर्शन गरिएका सामाग्रीहरु पाठ बुझ्नका लागि अत्यन्तै व्यवहारिक भएको अवलोकनकर्ताहरुको प्रतिक्रिया छ।प्रदर्शनी अभिभावक,शिक्षक र विद्यार्थीहरु गरी झण्डै पाँच सय जनाले अवलोकन गरेको विद्यालयका संस्थापक तथा प्रिन्सिपल प्रेरणा खरेलले जानकारी दिइन।

सो प्रदर्शनीको महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरन्जिबी पौडेलले उद्घाटन गरेका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *