“कराते महासंघको साधारण सभा सम्पन्न”

Uncategorized खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेपाल कराते महासंघले आफ्नो बार्षिक साधारण सभा केही महत्वपुर्ण योजना सहित सर्वसम्मत रुपमा सम्पन्न गरेको छ ।यही चैत्र २ गते शुक्रवार देखि मधेस प्रदेश स्थित निजगढ,बारामा,होटल तारा ईनमा सन्चालन भएको उक्त कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले शनिवार एक बिशेष कार्यक्रम विच उदघाटन गर्नुभयो । उक्त साधारण सभामा मधेस प्रदेश सांसद माननिय मीना लामा,बागमती प्रदेश खेलकुद सदस्य सचिव सुर्यलाल भण्डारी लगायत बिशिष्ठ महानुभावहरुको उपस्थिती रहेको थियो । प्रथम साधारण सभा उदघाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि राखेप सदस्य सचिव टंकलाल घिसिङ्गले निर्वाचन भएको एक वर्षको अवधिमा कराते खेलले हाशिल गरेको उपलव्धि खेलक्षेत्रका निम्ति उदाहरणिय भएको वताउनुभयो । सम्वोधनकै क्रममा प्रमुख अतिथि घिसङगले एक वर्ष अघि अर्थात २०७९ माघमा विगत लामो समय देखि बिवादित रहेको करातेलाई एकिकृत वनाउन आफुले निर्वाह गरेको भुमिका खेलक्षेत्रको चलायमन रहेको खेल करातेप्रति न्याय गरेको वताउदै जसको फलस्वरुप १९ ओै एशियन गेम्समा करातेले रजत पदक हाशिल गरेको वताउनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै मधेस प्रदेश सांसद मीना लामाले साधारणसभाको भव्य सफलताको शुभकामना ब्यक्त गर्नुभयो।त्यसैगरि वागमती प्रदेश सदस्य सचिव सुर्यलाल भण्डारीले कराते खेल संग बिगत एक बर्षदेखि केही कार्यक्रम र प्रतियोगिताहरुमा साझेदारी गर्दै आईरहेको र आगामी दिनमा उक्त कार्यको निरन्तरता दिईरहने वताउनुभयो । साधारणसभामा नेपाल कराते महासंघका पदाधिकारी तथा सदस्यहरु, बिभिन्न ७ प्रदेशका प्रतिनिधि,पर्यबेक्षक लगायत करिव १ सय जना सहभागी भएको उक्त साधारण सभामा,नेपाल कराते महासंघ कार्यसमितिले पेश गरेको बिधान संसोधन प्रस्तावलाई प्रथम साधारण सभावाट अनुमोदन गरे । त्यसैगरि संस्थापक अध्यक्ष एवम वर्तमान महासचिव दावा गुरुङगले २०७९ माघ १२ देखि २०८० साल चैत्र सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरिमहासंघको आर्थिक बर्ष ०८०/०८१ को आय-ब्यय सहित बार्षिक कार्यक्रममा भएको आर्थिक बिवरणहरु कोषाध्यक्ष किशोर प्रसाद भट्टराईले प्रस्तुत गरेकाथिए ।
महासंघका अध्यक्ष एवम कार्यक्रम सभापति युवराज लामाले भावी योजना,तर्जुमा कार्यक्रम र रणनैतिक योजनाहरु सहित कराते खेलले हाशिल गरेको उपलब्धिहरु सबैको योगदानले प्राप्त भएको वताउनुभयो । सभालाई सम्वोधन मार्फत बिसर्जन गर्ने क्रममा अध्यक्ष लामाले मिशन सिक्स के सम्वन्धी प्रष्ट्याउदै सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *