पाँचौ साउथ एशियन करातेमा नेपाललाई ८ स्वर्ण

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

मित्र राष्ट्र भारतको आसाम ग्वुहाटीमा यही जनवरी ८ देखि सन्चालन भएको पाँचौ साउथ एसियन आमन्त्रित कराते प्रतियोगितामा नेपालको तर्फबाट बुद्दशक्ति डोजो कपिलबस्तुका ११ जना खेलाडिहरुले सहभागिता जनाई ८ स्वर्ण ४ कास्य ३ रजत पदक हासिल गरेका छन । उक्त प्रतियोगितामा दिलसन पुन ले-५७ किलो तौल समूह स्वर्ण,सुसाङ्क रास्कोटि -५५किलो तौल समूह स्वर्ण,रबिन्द्र सुनार टिम कातामा प्रथम स्थान हासिल गर्दै स्वर्ण दिलाए । रविन्द्रले एकल कातामा दोश्रो स्थान हासिल गरे ।
त्यसैगरि खुम बहादुर खाम्चा टिम काता र १९ बर्ष उमेर समूह एकल काता प्रथम,-६८किलो तौल समूह कुमिते मा
ताजेन्द्र घर्ती मगर प्रथम ,साथै टिम कातामा प्रथम १६ बर्ष उमेर समूह एकल काता मा दोस्रो स्थान हासिल गरेका थिए ।
त्यसैगरि महिला तर्फ रबिना सुनार कुमितेमा प्रथम- १९ बर्ष उमेर समूह काता तर्फ दोश्रो स्थान र स्मृति खडका ४५ किलो तौल समूहमा दोश्रो स्थान हासिल गरिन । -६१ मा तेस्रो हुन सफल अङ्कित रोका मगर,तृप्ती बुढा थोकी मगर -५७ किलो तौल समूह मा तेस्रो हुन सफल भयकी थिइन । असोक चौधरी -७० किलो तौल समुहमा तेस्रो हुन सफल भए भने करुणा खडका ५५ किलो तौल समुहमा तेश्रो सथान हासिल गर्न सफल भयकी थिइन । उक्त प्रतियोगितामा बुद्धशक्ती डोजोका राजिव सुनारको नेतृ्त्वमा सहभागी भएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *