काठमाडौँ- श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ । समूह ‘बी’ अन्तर्गत कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनायो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन र प्रतिस जिसीले २६ रन जोडे ।
कुशल मल्ल र अर्जुन साउदले समान १७-१७ रन तथा आशिफ शेखले १२ रन बनाए । गुल्सन झाले १३ रन बनाए । कप्तान रोहित पौडेल ४ रन तथा पवन सर्राफ र कुशल भुर्तेल १-१ रनमा आउट भए । भिम सार्की शून्य रनमै पभेलियन फर्किए । पाकिस्तानका लागि शहनवाज दहानीले ४ तथा मोहम्मद वासिमले ४ विकेट लिए । मुवासिर खानले १ विकेट हात पारे ।
Facebook Comments Box