उपसभामुख रानाले केही युवालाई अमेरिका पठाउन भिसा दिलाइदिन लेखेको पत्र सार्वजनिक

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले केही युवालाई अमेरिका पठाउन दूतावासमा सिफारिस गरेको आरोप लागेको छ । रानाले नेपालस्थित अमेरिकी दूतावासमा केही युवालाई भिसा दिलाउन भन्दै आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्र बाहिरिएको छ ।

उपसभामुख रानाले सन् २०२३ मार्च ६ देखि १७ तारिखसम्म अमेरिकाको न्यूयोर्कमा आयोजित एनजीओ ‘सिएसडब्यू-६७’ फोरमको कार्यक्रममा आफूसँगै लैजाने भन्दै पाँच जनालाई भिसा दिन आग्रह गरी अमेरिकी दूतावासको कन्सुलर जनरललाई पत्र पठाएकी थिइन् ।

उनले पठाएको पत्रमा उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ्ग, सुजन घर्ती मगर, धनप्रसाद गुरुङलाई भिसा दिलाइदिन आग्रह गरिएको छ । उनले २६ फेब्रुअरी २०२३ अर्थात् १४ फागुन २०७९ मा दूतावाससमक्ष सिफारिस पत्र पठाएकी थिइन् । तर, उनले लैजान खोजेका व्यक्ति र उनको समेत भिसा आएको थिएन । अमेरिका गएकी राना एक साताको भ्रमणपछि स्वदेश फर्किएकी थिइन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *