नेपालमै पहिलोपटक शान्तीको डायरी थ्रीडी कमिक् बुक लोकार्पण

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । नेपालमै पहिलोपटक शान्तीको डायरी थ्रीडी कमिक बुक बिमोचन भएको छ । काठमाडौँको पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमका बीच शैक्षिक र प्राविधिक दुईवटै कुरा समावेश भएको अनुपम पुस्तक बिमोचन भएको हो ।

प्रमुख अतिथी बरिष्ठ समाजसेवी तथा लेखिका भद्रकुमारी घलेज्यूको उपस्थितिमा उदघाटन गरिएको उक्त पुस्तक थ्रीडी चश्माको सहायताले हेर्दा थ्रीडी प्रविधिमा देखिने रुपक क्रियशन प्रा.लि. का अध्यक्ष रुपक शाक्यले बताए । उनले बताए अनुसार किताब आफैमा नौलो र आधुनिक रहेको र यसभित्रका चित्रहरु नेपालको एतिहासिक कलाले भरिपूर्ण रहेको एउटा साहसिक र थ्रीलर कथाबस्तु समेटिएको पुस्तक हो ।

अध्यक्ष शाक्यका अनुसार शान्तीको डायरी थ्रीडी कमिक् बुक निर्माण गर्नुको प्रमुख उदेश्य भनेकै कथाभित्र रहेको पात्रहरुलाई वास्तविक तवरले महसुस गरी कथामा डुब्नु हो र प्रविधिको आनन्द उठाई भरपुर रमाइलो महसुस गर्नु हो । ६८ पृष्ठको यस पुस्तकभित्र एक योगीको जीवनीलाई चित्रण गरिएको छ जो आफ्नो साहसिक यात्रामा आउने हरेक उतारचढावलाई डटेर अगाडी बढ्दै जान्छ र असंख्य कष्टहरुको सामना गर्दै आफ्नो लक्ष्य पार गर्न खोज्छ ।

यसलाई अब चाँडै नेपाली बजारमा सर्वसुलभ मूल्यमा विक्रि वितरण गरिनेछ भने ईबुक मार्फत सारा संसारमा प्रकाशित गरी नेपालमा बनेको प्रविधिलाई विश्वसामु चिनाउनुनै कम्पनीको उद्देश्य रहेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *