आफ्नो सहकारी कोषको तेइसौं साधारण सभा

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै आफ्नो सहकारी कोष लि. ले तेइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । चावहिल काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष बलराम पौड्यालद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिबेदन आ.व. २०७८/०७९ को लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लेखा परिक्षकको प्रतिबेदन, लाभांश पूँजी फिर्ताकोष रकम वितरण सम्बन्ध, आ.व. २०७९/०८० को वार्षिक बजेट तथा कार्यक्रम सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, विनियम, नियमावली, कार्यविधी तथा निर्देशिका अनुमोदन सम्बन्ध, संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, सहकारी एकिकरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

त्यसैगरि साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ४ करोड १५ लाख २२ हजार रुपैयाँ, कोष हिसाब २ करोड ४९ लाख २१ हजार ४ सय १५ रुपैयाँ ५७ पैसा, बचत तथा निक्षेप २३ करोड १२ लाख १२ हजार ७ सय ४८ रुपैयाँ २६ पैसा, बाह्रय ऋण तथा सापटी १ करोड ५१ लाख, चालु दायित्व तथा व्यवस्था ७५ लाख ६८ हजार २ सय ४७ रुपैयाँ ३२ पैसा, कर दायित्व ३ लाख ५९ हजार ७ सय २० रुपैयाँ ४५ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार ३२ करोड ६ लाख ८४ हजार १ सय ३१ रुपैयाँ ६० पैसाको भएको छ । साथै साधारण सभा अन्य विविध कार्यक्रको साथमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *