यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल: नेपाल विजयी

खेलकुद मुख्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- बंगलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बंगलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो ।

 

खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर खेलको ५४औँ मिनेटमा बंगलादेशकी खेलाडी रुमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् ।

त्यसपछि खेलको ८९औँ मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर बंगलादेशकी बिबी रीताको पेनाल्टी प्रहार नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।

त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिँदा नेपाल च्याम्पियन बनेको हो । नेपाल शीर्षस्थानमा रहँदै उपाधि उचाल्न सफल भयो । त्यस्तै यस बराबरीसँगै नेपालले चार खेलमा अपराजित रहँदै १० अङ्क जोड्यो  ।

समान चार खेल खेलेको बंगलादेशले सात अङ्क जोडेर उपविजेता बन्यो । भूटान अङ्कविहीन रहँदै घर फर्कियो । प्रतियोगितामा नेपाल, भूटान र बंगलादेशको सहभागिता रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *