ट्रिटन कलेजमा नमुना मतदान

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । मङ्सिर ४ गते हुनगइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएका बेला मतदाताशिक्षा कार्यक्रम अन्तर्गत काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल कलेजमा विद्यार्थीहरुकै सहभागीतामा नमुना मतदान गरिएको छ । निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो ।

क्याम्पसमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई मतदान गर्ने सही तरिका सिकाउने उद्धेश्यले यो कार्यक्रम गरिएको कलेजका नमुना मतदान कार्यक्रम व्यवस्थापक कमान सिहंआर. सि.ले बताउनुभयो । नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टा छुट्टै लाइनमा राखि मतदान केन्द ्रव्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मतदिने लगायतका विषयहरु सिकाइएको थियो ।

नमुना मतादनमा साच्चिकै निर्वाचनमा हुने सबै प्रक्रिया पुरा गरिएको नयाँबानेश्वर प्रहरी बृत्तका डिएसपि निशान्त श्रीवास्तवले बताउनुभयो । यस्ता कार्यक्रमहरुले मतदाता शिक्षा प्रभावकारी हुने, मतदानमा नागरिक सहभागिता बढ्ने तथा बदर मतको संख्याकमहुने उहाँको भनाई छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *