३३ जना स्रष्टा सम्मानित

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । साँस्कृतिक कला विकास समूह नेपालद्धारा ३३ जना स्रष्टा सम्मानित भएका छन् । शनिबार काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रमा सामाजिक पृष्ठभुमि समेटिएका दिग्गज व्यक्तित्वहरुलाई खादा ओढाएर सम्मानित गरिएको थियो । बरिष्ठ समाजसेवी भद्रकुमारी घलेज्यूको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको सो कार्यक्रममा समाजमा विभिन्न क्षेत्रबाट टेवा पुर्याएका व्यक्तित्वहरुलाई सम्मानका साथै विभूषण पनि गरिएको थियो । विविध साँस्कृतिक एवं सम्मान समारोह २०७९ नाम दिइएको सो कार्यक्रम अपरान्ह १ बजेदेखि शुरु भएर ५ बजे टुंगिएको थियो ।

सम्मानित हुने व्यक्तित्वहरुमा बरिष्ठ आर्युर्वेद विशेषज्ञ तथा समाजसेवी मृगेन्द्र श्रेष्ठ, बष्ठि नृत्य निर्देशक अच्युत घिमिरे, चर्चित गायिक, म्यूजिक कम्पोजर बबिता मानन्धर, व्यूटिसियन तथा महिला उद्यमी विद्या श्रेष्ठ, नेकपा माओवादी केन्द्रिय नेता छबिन्द्रराज कँडेल, राजनीति कर्मी तथा व्यवसायी चन्द्र काम्बाङ्ग, अम्बला हर्बल प्रा.लि. का अध्यक्ष धनबहादुर लामा, संगीतकर्मी दुर्गा खतिवडा, जनमत पार्टीका नेता गोबिन्द नेपाल, बरिष्ठ नृत्य निर्देशक कमल राई, इन्जिनियर तथा काठमाडौँ क्षेत्र नं. १ का प्रतिनिधि तथा उम्मेदवार हरेन्द्र चौधरी, आचार्य, बौद्ध दर्शन एवंं नेपाली आदिवासी जनजाती महासंघ रसुवाका अध्यक्ष ल्हाक्पा तामाङ, उद्योगपति तथा समाजसेवी लेख बहादुर श्रेष्ठ, व्यूटिसियन, महिला उद्यमी तथा समाजसेवी लिना सुवेदी, बरिष्ठ महिला उद्यमी, तथा नेपाली कांग्रेस जिल्ला सदस्य मञ्जु खत्री, औषधी विशेषज्ञ तथा समाजसेवी मनोज बस्नेत, बरिष्ठ कलाकार तथा कथाकार मोहन निरौला, व्यवसायी तथा समाजसेवी नारायण प्रसाद गौतम, बरिष्ठ राजनीतिज्ञ तथा समाजसेवी ओमप्रकाश शर्मा, केन्द्रिय उपाध्यक्ष, जनमत पार्टी क्षेत्र नं. १ का प्रकाश सुवेदी, खबरपाटी डट कम का सम्पादक प्रेम बहादुर कार्की, समाजसेवी तथा महिला सशक्तिकरण अभियानकर्ता रजनी मल्ली, गायक, संगीतकार तथा रचनाकार राजेश एकल, भुदेव नेट जाली उद्योग, झापाका प्रबन्धक तथा समाजसेवी रामप्रसाद पोखरेल, समाजसेवी तथा महिला सशक्तिकरण अभियानकर्ता रिता अर्याल, थ्रीडी किताब निर्माण कम्पनी रुपक क्रियशन प्रा.लि., बुद्ध शान्त पार्क निर्माण समिति तथा प्रेमध्वज प्रधान फाउण्डेशनका अध्यक्ष शान्त बहादुर शाक्य, उद्योगपति तथा समाजसेवी शेष नारायण श्रेष्ठ, नेकपा माओवादी प्रदेश नं.१ सदस्य तथा समाजसेवी श्री प्रसाद राई, नेपाली कांग्रेस १ नेतृ सिर्जना सिंह, सामाजिक संस्था वी लभ यू फाउण्डेसन, रेकर्डिङ स्टुडियो ए लेभल ।

त्यसैगरी वरिष्ठ समाजसेवी, साहित्यकार, आर्टिष्ट भद्रकुमारी घले लाई कार्यक्रमका सभापति दिल बहादुर कटुवाल र कार्यक्रम संयोजक रुपक शाक्य लगायत नागरिक अगुवाहरुले विशिष्ट नागरिक अभिनन्दन प्रदान गर्नुभएको थियो । कार्यक्रममा आउँछु भनेर प्रतिबद्धता गर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बोधमाया कुमारी यादव भने उपस्थित हुनुभएन । काठमाडौँको बागबजार अवस्थित सांस्कृतिक कला विकास समूह नेपालले समाजमा पिछडिएका वर्गहरूको कला, संस्कृतिको जर्गेना गर्नमा विशेष भूमिका निर्वाह गर्दै आइरहेको छ । कार्यक्रममा एउटा खुट्टाले नाचेर चर्चामा आएकी रोमा न्यौपाने तथा एक खुट्टा गुमाएका चर्चित गायक कृष्ण क्षेत्रीलाई बरिष्ठ आयुर्वेद विशेषज्ञ तथा समाजसेवी मृगेन्द्र श्रेष्ठले दश हजारको दरले आर्थिक सहयोग गर्नुभएर कार्यक्रमको शोभा बढाउनु भएको भएको थियो । त्यसैगरी कार्यक्रममा विभिन्न विधामा नृत्य, गायन प्रस्तुत गर्ने कलाकारहरूलाई प्रसंसा पत्र वितरण गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *