टेलिकममा संचालक समितिको निर्वाचन हुँदै, रञ्जित लोहियाको सम्भावना बलियो

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल दुरसंचार कम्पनी लिमिटेडमा यही २०७९ जेष्ठ २७ गते नेपाल टेलिकम कर्मचारीबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक समिति सदस्यको लागि निर्वाचन हुँदैछ । उक्त सञ्चालक समितिको सदस्यका लागि टेलिकमका ७ जना कर्मचारी प्रतिस्पर्धामा उत्रिएका छन। जसमा नेपाली कांग्रेस निकट नेपाल टेलिकम वर्कर्स युनियनका आधिकारिक उम्मेदवार रञ्जित लोहिया, कांग्रेसबाटै शंकर लामिछाने, सुवास साह, नेकपा(एमाले) निकट नेपाल टेलिकम कर्मचारी युनियनबाट यादव पनेरू, सुनिल मिश्र, जनता समाजवादी पार्टी निकटबाट वीरेन्द्रलाल जोशी र स्वतन्त्रबाट वृजेश शर्मा उम्मेद्वार बनेका छन। नेपाल टेलिकमका ३ हजार ९ सय ३८ जना मतदाताले देशभरका कार्यालयहरूबाट मतदान गरि कर्मचारीका तर्फबाट नेपाल टेलिकमको सञ्चालक समितिमा एक जना प्रतिनिधि निर्वाचित गरेर पठाउदै छन।

टेलिकमको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नेताको छनौट कर्मचारीहरुले नै गर्ने भएकाले बहुमत कर्मचारी मतदाताहरूले कर्मचारीको हकहित,अधिकारका लागि बिगतमा लडेका, लामो अनुभव भएका , क्षमतावान र कर्मचारीको पिरमर्का, भावना बुझ्ने, सुखदुःखका साथीका रूपमा उपप्रबन्धक रञ्जित लोहियालाई रूचाएको बुझिएको छ । उनी कांग्रेस निकट भएपनि नेकपा(माओवादी केन्द्र ) निकट नेपाल दुरसचार राष्ट्रिय कर्मचारी संगठन, नेकपा (एकीकृत समाजवादी) निकट कर्मचारी सगठन, राष्ट्रिय जनमोर्चा निकट कर्मचारी संघ( संगठनहरूले लोहियालाई समर्थन गरेको हुँदा लोहियाले भारि मतका साथ सञ्चालक समिति सदस्यमा निर्वाचन जित्ने नेपाल टेलिकमका कर्मचारी बीच व्यापक चर्चा चलेको छ।

आफ्ना सम्पूर्ण मतदाता समक्ष लोहियाले कर्मचारीका हकहितका काम गर्ने प्रतिद्धता समेत जनाएका छन् । संचालक समितिमा कर्मचारी प्रतिनिधि निर्वाचनमा मैले लामो समय देखि कम्पनीको समग्र बिकासमा मात्र केन्द्रित रही बिभिन्न कार्यालय,बिभाग तथा निर्देशनालयहरुमा कार्य गर्दै गर्दा तल्लो तह देखि माथिल्लो तह सम्मका सम्पुर्ण कर्मचारीहरुको समस्या पहिचान गरेको तथा कम्पनीको समग्र बिकासको लागि संभाबनाका क्षेत्रहरुको महशुस गरी सो क्षेत्रको प्रचारमुखी मात्र नभई नतिजामुखी कार्यमा जोड दिन मेरो उम्मेदबारी होू लोहियाले बताएका छन। उनले कम्पनीमा कार्यरत सम्पुर्ण कर्मचारी समक्ष यहाँहरुको अत्याधिक सहयोग र समर्थन मिल्ने पूर्ण बिश्वास लिएको पनि अपिल गरेका छन। ‘यहाँहरुले यो कर्मचारी प्रतिनिधिको निर्वाचनमा आफनो आस्था भन्दा पनि विवेक प्रयोग गर्नुहुनेछ भन्ने मैले बिश्वास लिएको छु’ लोहियाले भनेका छन ।

नेपाल टेलिकमका उज्वल नक्षत्र , उदयमान तारा उप( प्रबन्धक ईन्जिनियर रंजित लोहिया नेपाल दुर संचार कम्पनी लिमिटेडको यही मिति २०७९ जेष्ठ २७ गते हुन गईरहेको संचालक समिति कर्मचारी प्रतिनिधि निर्वाचनमा उमेदबार रहेका लोहियाले सम्पूर्ण दुरसंचारकर्मी, न्यायप्रेमी अग्रज ,सहकर्मी महानुभावहरू सवैले दलीय राजनीतिबाट माथि उठी आफ्नो अमुल्य मत जाहेर गर्नुहुन हार्दिक अनुरोधू गरेका छन । धेरै कर्मचारी प्रतिनिधिहरूको कार्यकाल देखियो, नयाँ सोच र जागरका साथ युवा ईन्जिनियर पाउनु हामी सवैको गर्वको विषय हो। टेलिकममा देखिएका सबै चुनौतीहरूको सामना गर्न र टेलिकम कर्मीका गुमेका हक अधिकार पुनःस्थापन गर्न डायानामिक ईन्जिनियर उप ( प्रबन्धक रंजित लोहिया नै भएकाले उहाँलाई अत्याधिक बहुमतका साथ विजयी गराउनु हुन नेपाल टेलिकम वर्कर्स युनियनका सम्पूर्ण कर्मचारीहरूले हार्दिक अनुरोध गरेका छन।

को हुन रञ्जित लोहिया ?

४४ वर्षिय रञ्जित लोहियाले २०५८ सालमा पुल्चोक क्याम्पसबाट विशिष्ठ श्रेणीमा वि।ई।इलेक्ट्रोनिक्स उत्तीर्ण गरेका छन। यसैगरि २०६८ सालमा काठमाडौं विश्वविद्यालयबाट विशिष्ठ श्रेणीमा इ। एम।विए। उत्तीर्ण गरेका छन। २०५९ सालमा नेपाल टेलिकममा अधिकृत स्तरमा सेवा प्रवेश गरेका लोहिया हाल कम्पनीको सहप्रवक्ता छन। २३ वर्षको कलिलो उमेरमा टेलिकमको जागिर सेवा सुरू गरेका लोहियाले नेपाल दुरसचारको समग्र विकासको लागि अतुलनीय योगदान गरेका छन। २० वर्ष भैसकेको छ उनले नेपाल टेलिकममा काम गर्न थालेको। आफ्नो विज्ञता,अनुभव र मेहनतको भरमा लोहियाले गरेका कामहरू आम उपभोक्ताले मात्र होइन टेलिकम भित्रका सहकर्मीहरूले पनि राम्रोसँग महसुस गरेका छन।

प्राविधिक र व्यवसायीक दुबै क्षेत्रमा लोहियाले आफुलाई अब्बल सावित गराएका छन। लोहियाले बुटवलमा कार्यालय प्रमुखको रूपमा जिम्मेवारी पूरा गरिसकेका छन। देशभर रहेका टेलिकमका विभिन्न कार्यालयमा रहेर,कहिले फिल्ड वर्क त कहिले प्लानिङ,योजना र त्यसको कार्यान्वयनमा बटुलेको अनुभवले पनि स्पष्ट भन्न सकिन्छ कि रञ्जित लोहियाले टेलिकमका हरेक कर्मचारीको मर्म बुझेका छन।

अध्ययनमा सधै अब्बल रहेका लोहियाको कार्यक्षमताले पनि उनलाई गर्वका साथ कर्मचारीको प्रतिनिधि भन्न सकिन्छ। लोहियाले क्षेत्रीय निर्देशनालय, आयोजना कार्यान्वयन विभाग,वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय,प्रमुख व्यवसायीक अधिकृतको कार्यालय लगायतका विभागको जिम्मेवारी सम्हालिसकेका लोहियाले नेपाल टेलिकम र त्यसमा कार्यरत सबैलाई गहिरोसँग बुझेका छन।

नेपाल टेलिकमभित्र उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित हुँदा होस वा देशभरका ६६ जिल्लाका कार्यालयको भ्रमण गर्दा होस लोहियाले सधै टेलिकमसँगै यसका कर्मचारीका हकहितमा जोड दिदै आएका छन।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *